२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४८.७४ अंकले बढेकोे छ । आज २४७५.२६ को बिन्दुबाट सुरु भएको कारोबार २५२४ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको हो ।
कारोबार सुरु भएको अन्तिमसमय सम्म आउँदा १.९७ प्रतिशतले बढेर २५२४ को बिन्दुमा पुगेको हो । सेन्सेटिभ पनि ५.३० अंकले बढेर ४५९.३२ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ३ तीन उपसमुह ओरालो लागेको छन् । बैकिङ समुह ३.७१ अंकले, विकास बैंक समुह ०.१७ अंकले र सामुहिक लगानी कोष ०.०४ अंकले ओरालो लागेको छन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २०२ कम्पनिको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटक खरिद बिक्री १० अर्ब ४४ करोड १९ लाख रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्से परिसुचकमा हालसम्मकै उच्च कारोबार भई नयाँ रेकर्ड कायम भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये हिमालयन डेस्टिलेरी लिमिटेडले ५३ करोड १७ लाख ४९ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij