Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चन्द्रागिरी हिल्सको आईपीओको कारोबार आजबाट, कति प्रतिकित्ता कतिमा भयो कारोबार ?

चन्द्रागिरी हिल्सको आईपीओको कारोबार आजबाट, कति प्रतिकित्ता कतिमा भयो कारोबार ?


  • 8.7K
    Shares

    चन्द्रागिरी हिल्सको आईपीओको कारोबार आजबाट, कति  प्रतिकित्ता कतिमा भयो कारोबार ?
    images

    काठमाडौं । शुक्रबार नेप्सेमा सूचीकृत भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको कारोबार आजबाट हुने भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो ।

    गत माघ ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको शेयर समेत गरी कम्पनीले १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सूचीकृत गरेको शेयरको कारोबार आजदेखि हुने भएको हो । 

    कम्पनीको संस्थापक तर्फको ८८ प्रतिशत र सर्वसाधारण तर्फ १२ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुवै तर्फको शेयर कम्पनीले सूचीकृत गराएको हो । कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । 

    सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । गत शुक्रबार चन्द्रागिरीको  १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।

     

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १२:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij