Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘छक्का पन्जा ४’ को पोष्टर सार्वजनिक गर्दा यसरी देखियो

‘छक्का पन्जा ४’ को पोष्टर सार्वजनिक गर्दा यसरी देखियो


  • 4.3K
    Shares

    ‘छक्का पन्जा ४’ को पोष्टर सार्वजनिक गर्दा यसरी देखियो
    images

    फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट  प्रदर्शनमा आउँदैछ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको यो फिल्मको प्रतीक्षामा दर्शक छन् ।

    ‘६ एकान ६’ देखि पछिल्लो समय रिलिज भएको ‘६ माया छपक्कै’सम्म आउँदा यो समूहको सबै फिल्मले राम्रो व्यवसाय गरेका छन् । त्यसैले पनि ‘छक्का पञ्जा ४’ को व्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ ।

     समाज भित्रको विभिन्न मुद्दा हाँस्यरससहित फिल्ममा प्रस्तुत गर्न माहिर यो समूहको फिल्म ‘छक्का पञ्जा ४’ को एक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक संजाल मार्फत पोस्टर सार्वजनिक गरेका हुन् । 

    पोष्टरमा बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उनी उभिएको देखाइएको छ । पोष्टरले फिल्ममा उनको चरित्र यस अगाडिको फिल्म झै रहेको अनुमान गर्न सकिन्छ । दीपक–दीपाको समूहले यसअघि पोस्टरका लागि फोटोसुट नै गर्ने गरेको थियो । तर, यसपटक यो समूहले पोस्टरमा खासै मिहिनेत गरेको देखिन्न ।

    फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय देख्न सकिन्छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्को कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् । 

     

     
     

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १४:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij