२०८२ भाद्र २४ गते मंगलवार
गायक निशान भट्टराईको वैवाहिक जीवन ठीकठाक नभएको खबर सार्वजनिक भयो। केही समयको प्रेमपछि प्रेमिका ऋचा न्यौपानेसँग कोरोनाकालमा अदालती विवाह गरेका निशान सम्बन्ध अन्त्यका लागि अदालत नै पुगेको चर्चा सांगीतिक बजारमा चलेको थियो।
निशान र ऋचाले यो हल्लालाई पुष्टि गर्ने खालका क्रिययाकलाप पनि गरिरहेका थिए। उनीहरुले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गर्नेदेखि एकअर्कासँगका तस्बिरसमेत हटाएका थिए।
फेसबुक र इन्स्टाग्राम दुवैबाट युगल तस्बिर हटाएर बसेको यो जोडीले सम्बन्ध विच्छेदको चर्चा सुरु भएपछि भने सम्बन्ध ठीकठाक रहेको प्रष्टीकरण दिन खोजेका छन्। यो जोडीले फेसबुक र इन्स्टाग्राममा लुकाएका प्रेमिल तस्बिर पुनः सार्वजनिक गरेका छन्।
ऋचाले डिएक्टिभेड रहेको आफ्नो फेसबुक अकाउन्ट पनि एक्टिभ गरेकी छन्। ऋचाले टिकटकमा निशानसँगको रोमान्टिक भिडिओ पोस्ट गर्दै सम्बन्ध प्रेमिल रहेको जनाउ दिएकी छन्।
फोटो र भिडिओ पोस्ट गरेर सम्बन्धमा दरार आएको खबरको खण्डन गर्न खोजे पनि यो जोडीले कुनै प्रतिक्रिया भने जनाएको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij