Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फिफा विश्वकप: उपाधिका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स, को कति बलियो?

फिफा विश्वकप: उपाधिका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स, को कति बलियो?


  • 2.5K
    Shares

    फिफा विश्वकप: उपाधिका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स, को कति बलियो?

    फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्न लागेका छन्। कतारको लुसैल रंगशालामा आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपको फाइनल खेल हुन लागेको यो रंगशालामा ८८ हजार ९६६ दर्शक अटाउँछन्।

    सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले क्रोएशियालाई ३-० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

    अर्जेन्टिना र फ्रान्स चौथो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघि भएका तीन वटा प्रतिस्पर्धामा दुई वटा अर्जेन्टिनाले जितेको छ भने एउटा फ्रान्सले जितेको छ।

    सन् २०१८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९७८ र सन् १९३० मा समूह चरणमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो।

    गएराति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएशियाले तेस्रो स्थान हासिल गरेको छ। क्रोएशियाले मोरोक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

     

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - ११:२८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij