२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं। चर्चित गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमनबाटै फर्काएको छ । युनाइटेड होम केयर सर्भिसले २०२३ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा गायिका आस्थालाई एयरर्पोटको अध्यागमनबाटै नेपाल फर्काएको हो।
उनी भिजिट भिषामा नोभेम्बर ८ तारिकमा अमेरिका उडेकी थिइन्। इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर मात्रै प्रवेश गर्नुपर्ने भन्दै फर्काएको हो।
आफू अमेरिकाबाट फर्कनु प्राविधिक समस्या रहेको गायिका आस्थाले बताएकी छन्। आस्था यसअगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन्।
नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो। ‘झुम्के बुलाकी’, ‘छलक छलक’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij