Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘कृष्णलीला’को पारिश्रमिक फिर्ता गरे पुष्पले?

‘कृष्णलीला’को पारिश्रमिक फिर्ता गरे पुष्पले?


  • 2.1K
    Shares

    ‘कृष्णलीला’को पारिश्रमिक फिर्ता गरे पुष्पले?
    images

    नेपाली फिल्म उद्योगमा यो वर्ष निकै प्रचार गरिएको फिल्ममध्ये ‘कृष्णलीला’ एक हो।

    यो फिल्मले बक्स अफिसमा तहल्का पिट्ने निर्माण पक्षले आश गरेको थियो। फिल्म चल्छ भन्ने आत्माविश्वासले गर्दा फिल्मका नायक पुष्प खड्काले फिल्म नचले पारिश्रमिक फिर्ता गर्ने घोषणा गरे।

    पुष्पलाई अन्ततः आफ्नै बोली भारी भएको छ। फिल्म बक्स अफिसमा असफल साबित भयो। देशभर राम्रो कलेक्सन गर्न सकेन। फिल्मको खराब व्यापारको असर नायक पुष्प खड्कालाई परेको छ। 

    दीपक ओलीको निर्देशनमा बनेको फिल्मको खराब व्यापारपछि  पुष्पले घोषणा गरेअनुसार पारिश्रमिक फिर्ता गरे/गरेनन् भन्ने खबर सार्वजनिक भएको थिएन। पुष्पले नयाँ फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका क्रममा पुरानो फिल्मको कुरा गरे। 

    उनले भने, ‘मैले पारिश्रमिक फिर्ता गर्छु भनेको कुरा मिडियामा आएको थियो। त्यसपछिको कुरा मिडियामा ल्याउन चाहेनौं। मैले फिल्मका निर्माता रोहित कट्टेलसँग पारिश्रमिक फिर्ता गर्ने विषयमा कुरा गरिसकेको छु। म ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्छु।’

    आफूले खेलेको फिल्मबाट निर्माताले नराम्रो घाटा खाएका कारण केही हदसम्म सहयोग गर्न खोजेको पुष्पले बताएका छन्।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १३:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij