Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पल र वर्षाको फिल्म ‘वीर विक्रम–२’ हिन्दीमा डब, युट्युबमा गरियो सार्वजनिक

पल र वर्षाको फिल्म ‘वीर विक्रम–२’ हिन्दीमा डब, युट्युबमा गरियो सार्वजनिक


  • 2.5K
    Shares

    पल र वर्षाको फिल्म ‘वीर विक्रम–२’ हिन्दीमा डब, युट्युबमा गरियो सार्वजनिक
    images

    नेपाली चलचित्र ‘वीर विक्रम–२’लाई हिन्दी भाषामा डब गरेर सार्वजनिक गरिएको छ । पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब बिहीवार युट्युबमा सार्वजनिक गरिएको हो ।

    मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘वीर विक्रम–२’ तीन वर्षअघि हलमा रिलिज भएको थियो । हलमा प्रदर्शनमा आइसकेको चलचित्रलाई हिन्दीमा डब गरेर युट्युबमा सार्वजनिक गरिएको हो । 

    गत असोजमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’ हिन्दी डबका कारण थप चर्चामा थियो । उक्त चलचित्रको हिन्दी संस्करणलाई भारतसँगै विश्वव्यापी रूपमा थिएटर रिलिज गरिएपछि ‘वीर विक्रम–२’ भने युट्युबमा मात्र सार्वजनिक गरिएको हो । चलचित्रको हिन्दी डबमा अंग्रेजीमा सबटाइटल राखिएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १६:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij