Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मानसिक रोगका बिरामी बढे

मानसिक रोगका बिरामी बढे


  • 7.2K
    Shares

    मानसिक रोगका बिरामी बढे
    images

    काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् । 

    मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० श्यया व्यवस्था गरेको छ, यी श्यया अहिले सधैँजसो भरिभराउनै हुन्छन्, सानो बच्चामा सो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समुहका मानिस आउने क्रम बढेको छ ।”

    विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । सो अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो । मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ । 

    अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा हाल लगभग एक हजारले सो सेवा लिन थालेका डा शाक्यको भनाइ छ । अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले औँल्याउनुभयो । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ । रासस

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ११:३३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij