Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकपमा आज पनि चार खेल, सर्वियाले को सँग गर्दैछ सामना ?

विश्वकपमा आज पनि चार खेल, सर्वियाले को सँग गर्दैछ सामना ?


  • 2.0K
    Shares

    विश्वकपमा आज पनि चार खेल, सर्वियाले को सँग गर्दैछ सामना ?

    कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् ।

    समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ ।

    आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

    समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

    आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक-एक खेलको समीकरण पूरा हुनेछ ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - ११:२८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij