२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले करेक्सन आएको छ । हिजो (मंगलबार) नेप्से ६५.४९ अंकले बढेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ६.८१ अंकले घटेर दुई हजार चार सय ६६ दशमलब ९२ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि समयमै नेप्से उच्च विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज बजार करेक्सन भए पनि काराबार भने उच्च नै भएको छ । आज ९ अर्ब ५३ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा समूहबाहेकक अन्य सबै समूह घटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij