Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकप २०२२ : जर्मनीविरुद्ध जापानको शानदार जीत

विश्वकप २०२२ : जर्मनीविरुद्ध जापानको शानदार जीत


  • 2.0K
    Shares

    विश्वकप २०२२ : जर्मनीविरुद्ध जापानको शानदार जीत

    चार पटकको विजेता जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२मा सानदार सुरुआत गरेको छ ।

    खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे ।  जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे । खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।

    मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
    उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ले सुनिश्चित गरे । जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।

    जर्मनीले ९९९४ देखि सुरुआती अग्रता लिएर पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय बेहोरेको हो ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - २०:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij