Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

दाङमा स्वास्थ्य बीमा कार्यक्रम

दाङमा स्वास्थ्य बीमा कार्यक्रम


  • 9.9K
    Shares

    दाङमा स्वास्थ्य बीमा कार्यक्रम
    images

    दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन हजार ५०० बुझाएमा एक वर्षका लागि रु एक लाख बराबरको स्वास्थ्य बीमा हुने छ । रु एक लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाउनेछन् । कार्यक्रमअन्तर्गत ६ देखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० बीमा शुल्क लाग्ने र रु दुई लाखसम्मको बीमा सरकारले गर्ने छ । स्वास्थ्य जोखिम न्यूनीकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगी भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो । 

    गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार सबै पालिकाका हरेक वडामा एकजना दर्ता सहयोगी छनोट गरी तथ्याङ्क सङ्कलन गरेर बीमामा सर्वसाधारणलाई आबद्ध गराउने काम शुरु हुने कार्यक्रम सहजकर्ता नरेश चौधरीले जानकारी दिनुभयो । जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखाप्रमुखहरुलाई स्वास्थ्य बीमा कार्यक्रमबारे अभिमुखीकरण गर्ने क्रम जारी छ । सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग, कुष्ठरोग, एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । 

    यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई योगदानको रकम ५० प्रतिशत छुट हुने छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमाको कार्यक्रम शुरु भएसँगै दाङ ६६ जिल्लाको सूचीमा परेको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले प्रथम उपचार सेवाका रुपमा आफू बसोबास गरेको क्षेत्रको अस्पतालको नाम उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १३:५४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij