Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

दुई वटा कम्पनीको आईपीओ आउँदै, कति कित्ता भर्ने सकिने ?

दुई वटा कम्पनीको आईपीओ आउँदै, कति कित्ता भर्ने सकिने ?


  • 7.4K
    Shares

    दुई वटा कम्पनीको आईपीओ आउँदै, कति कित्ता भर्ने  सकिने ?
    images

    काठमाडौं । माघमा दुइवटा कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्दैछन् । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ यही माघ २३ गतेदेखि खुल्दैछ । कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

    यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्नेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

    यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । महिला लघुवित्तको आईपीओमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १२:४२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij