२०८२ भाद्र २ गते सोमवार
आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ। विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ। एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो। यसअघि दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरिसकेका छन्।
आइतबार राति पौने ८ बजे विश्वकपको औपचारिक उद्घाटन हुनेछ। विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले अल बायत स्टेडियममा इक्वेडरको सामना गर्नेछ। खेलअघि भव्य समारोहका बीच कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ।
उद्घाटन समारोहमा विश्वकपका असामान्य क्षणहरु देखाइनेछ। ती क्षणमा रोनाल्डो र म्यारोडोनाले खेलेका खेलहरुको दृश्य देखाइनेछ।
यो पटकको विश्वकपको उद्घाटनमा पेले, म्याराडोनलाई देख्न पाइनेछैन। पेलेले १९५८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेका थिए। स्वास्थ्यमा समस्या आएका कारण उनी यो पटक कतार पुग्ने छैनन्। उनको भिडियो सन्देश भने देखाइनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij