Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले पायो १७७ रनको लक्ष्य

नेपालले पायो १७७ रनको लक्ष्य


  • 2.0K
    Shares

    नेपालले पायो १७७ रनको लक्ष्य

    यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृंखला जित्न नेपालले १७७ रनको विजयी लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सामान्य स्कोरमा समेटेको हो ।

    यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट हात पारे ।

    यूएईका लागि आयान अफजल खानले ५४, मोहम्मद अलिसान शराफुले ३३, रोहन मुस्ताफाले २४ र हजरत बिलालले २० रन जोडे ।

    ९३ रनमा ९ विकेट गुमाएको यूएईका लागि अन्तिम अफजल र बिलालले ८३ रनको साझेदारी गरे । यूएईले निर्धारित ५० ओभरमा अलआउट नभई १७६ रन जोड्यो ।

    नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत हात पारेको थियो । तीन एकदिवसीय खेलको शृंखला १–१ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।

    प्रकाशित मिति :मंसिर २ २०७९ शुक्रवार - १२:५३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij