२०८२ भाद्र २४ गते मंगलवार
१५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटिएको १ मिनेट १५ सेकेन्डको टिजरमा अभिनेता आर्यन सिग्देलको साउथ शैलीको एक्सनका झलक छन् । उनको रोमान्टिक मुड समेत देख्न सकिन्छ ।
टिजरमा अभिनेत्री उपासनासिंह ठकुरी नर्सको भूमिकामा छिन् । एक्सन र लभस्टोरी फिल्मका पारुखीलाई ‘डिसेम्बर फल्स’ ले आकर्षित गर्न सक्छ । प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij