२०८२ भाद्र २५ गते बुधवार
काठमाडौ । शेयर बजारमा मंगलवार उल्लास छाएको छ । नेप्से परिसूचक ६५ अंकले बढ्दा बजार २ हजार ४ सय ७३ विन्दुमा पुगेको छ । शेयर बजारमा यो हालसम्मकै सर्वाधिक विन्दु हो ।
बजारमा आएको ऐतिहासिक उचाइसँगै कारोबार रकम पनि साढे ८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । बजार बढ्दा डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रभु लाइफ, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, एभरेस्ट इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, मल्टिपर्पोज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
यस दिन २ सय कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ८ अर्ब ५९ करोड रुपैयाँमा किनबेच हुँदा भएको छ । मंगलवार होटल समूह बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ६२६ अंकले बृद्धि भएको छ।
जीवन बीमा समूहको सूचक ५९४ अंकले बढ्दा माइक्रो फाइनान्सको सूचक १५२ अंकले बढेको छ। अन्य समूहको सूचक ८० अंकले बढ्दा, उत्पादन समूह ६१ अंक, बैंक, व्यापार र हाइड्रोपावर समान ३३ अंक र विकास बैंकको सूचक २८ अंकले बढेको छ।
पुनर्बीमा कम्पनीको मंगलबार पनि ५८ करोड रुपैयाँ शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ५३ करोड, नेपाल टेलिकमको २८ करोड, शिखर इन्स्योरेन्सको ३४ करोड र नेशनल लाइफको २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij