२०८२ भाद्र २४ गते मंगलवार
अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन्। उनले हिजो साँझ आगरामा सम्पन्न भएको फेस्टिभलमा ‘प्रेमगीत ३’ को हिन्दी भर्सनबाट डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।
खड्काले आफूले डेब्यु अभिनेताको अवार्ड जितेको फेसबुकमार्फत जानकारी दिएका हुन्। साथै उनले अवार्ड जितेको फोटो सेयर गर्दै आयोजकलाई धन्यावाद समेत दिएका छन्।
अवार्ड कार्यक्रमकै लागि प्रदीपसँगै निर्देशक र निर्माता सन्तोष सेन आगरा पुगेका थिए। स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij