२०८२ भाद्र २४ गते मंगलवार
पछिल्लो समय हास्य श्रृंखलामा फिल्मका कलाकारको पनि आकर्षण बढ्न थालेको छ । यस्तैमा ७ सय ८० भाग प्रशारण भइसकेको श्रृखला ‘मेरी बास्सै’ मा चलचित्रका भिलेन मुकुन्द श्रेष्ठ पनि देखिन थालेका छन् ।
हाँस्य ब्यंग्यसँगै सामाजिक जनचेतना मुलक सामाग्री समेटेर प्रसारण हुँदै आएको श्रृंखलामा श्रेष्ठ वडाकाजीको भुमिकामा देखिन थालेका हुन् ।
मेरी बास्सैका मुख्य कलाकार मध्य एक काजीबा अर्थात रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने भएपछि निर्माण युनिटले उनलाई यो भुमिकामा प्रस्तुत गरेको हो ।
मुकुन्द श्रेष्ठ नेपाली फिल्मका नाम चलेका भिलेन् हुन् । उनले थुप्रै फिल्ममा आफूलाई डरलाग्दो खलनायकको रुपमा प्रस्तुत गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij