Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

महिला लघुवित्तको साधारण सेयर २८ गतेबाट, कति कित्ता भर्ने ?

महिला लघुवित्तको साधारण सेयर २८ गतेबाट, कति कित्ता भर्ने ?


  • 7.6K
    Shares

    महिला लघुवित्तको साधारण सेयर २८ गतेबाट, कति कित्ता भर्ने ?
    images

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ माघ २८ गतेदेखि निष्कासन हुने भएको छ ।

    कम्पनीले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशत ४ करोड बराबरको ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । हाल चुक्तापुँजी ६ करोड रहेको कम्पनीको आइपिओ​ निष्कासनपश्चात १० करोड पुग्नेछ ।

    कुल सेयर कित्तामध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

    बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा छिटोमा फागुन २ र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन पाइनेछ । 

    आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

    आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरा सेयर सफ्टवेयर तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

     

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १४:४४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij