२०८२ भाद्र २ गते सोमवार
अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा बुधबार जिम्बाब्वेले नेदरल्यान्ड्ससामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । एडिलेड ओभलमा टस जितेर ब्याटिङमा आएको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको छ ।
जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाए । सिन विलियम्सले २८ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जिम्बाब्वेलाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले तीन विकेट लिए । ब्रान्डन ग्लोभर, लोगन भान बिक र बास डे लिडेले समान दुई विकेट लिँदा फ्रेड क्लासेनले एक विकेट हात पारे ।
सुपर–१२ समूह–२ मा तीन खेलबाट तीन अंक जोडेको जिम्बाब्वे तालिकाको चौथो स्थानमा छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जिम्बाब्वेलाई आज जित्नै पर्ने दबाब छ । समान खेल खेल्दा पनि अंकविहीन नेदरल्यान्ड्स भने तालिकाको पुछारमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij