२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रू १४ करोड ७ लाख ३२ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू ८ करोड १९ लाख ९५ हजार यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७१ दशमलव ६३ प्रतिशत बढी भएको हो ।
सञ्चालन नाफा ५० प्रतिशत बढेको छ । गत वर्ष रू ११ करोड ७ लाख १५ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू १६ करोड ६२ लाख ७६ हजार यो नाफा गरेको हो । यस वर्ष १६ दशमलव ९३ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू १ अर्ब पुर्याएको छ । जगेडा कोष रकमप नि गत वर्षभन्दा २८ दशमलव ८२ प्रतिशत बढी रू। ३४ करोड ५३ लाख ५१ हजार कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग १०४ प्रतिशत बढी रू ७ अर्ब २९ करोड ९१ लाख ९१ हजार कर्जा सापटी लिएको कम्पनीले १०४ प्रतिशत बढी रू १० अर्ब ४७ करोड ७८ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा ४५ प्रतिशत बढी रू २ अर्ब ११ करोड ४६ लाख ६६ हजार भएको छ । गत वर्ष रू। १ करोड ८३ लाख ४४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू। ५ करोड ६२ लाख ९६ हजार संकलन गरेको छ ।
खराब जर्का संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात १ दशमलव ८० प्रतिशत गत वर्ष रहेकोमा यस वर्ष बढेर २ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू। २८ दशमलव १५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू। १३४ दशमलव ५४ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij