२०८२ भाद्र ८ गते आइतवार
मुगुका १ सय ८ जना बालबालिकालाई गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि पुस महिनासम्म जन्मेका ६ महिनामाथिका र ५ वर्षमुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण विज्ञ लोकबहादुर विकका अनुसार बालबिवाह, अस्थायी साधनको प्रयोग नगर्नु, खानपानमा कमी आदिका कारण बढी कुपोषण लाग्ने गरेको हो ।
जिल्लाका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिकाका र सोरु गाउँपालिकाका बालबालिकामा कुपोषण देखा परेको छ । स्थानीय उत्पादन भन्दा आयातित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।
कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij