२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयरबजारमा उच्च अंकको गिरावट आयो । सेयरबजार परिसूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से उच्च अंकले ओर्लिएको हो ।
नेप्सेका अनुसार आज नेप्से ५४.७५ अंकले घटेर दुई हजार तीन सय ७० दशमलब ५४ विन्दुमा थामिएको छ भने आज झण्डै ९ अर्बको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।
नेप्सेका अनुसार आज बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । आज शेयर मूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij