Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

टेली शृंखलाकै फ्लेवरमा आयो चलचित्र हिजो आजका कुरा

टेली शृंखलाकै फ्लेवरमा आयो चलचित्र हिजो आजका कुरा


  • 2.0K
    Shares

    टेली शृंखलाकै फ्लेवरमा आयो चलचित्र हिजो आजका कुरा
    images

    शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मलाई केहीले राम्रो बनेको बताउँदा, केहीले कथावस्तु मन परेको धारणा राखे । केहीले भने फिल्म सिरियल जस्तो रहेको समेत प्रतिक्रिया दिएका थिए ।

    दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । साकारको यो डेब्यु फिल्म हो ।

    फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ । रवि सायमीले छायाङ्कन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका हुन् । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो । 

    प्रकाशित मिति :आश्विन २७ २०७९ बिहिवार - ११:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij