Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

टुंगियो ‘प्रसाद २’को विवाद, मंसिर ७ देखि छायांकन गर्ने सहमति

टुंगियो ‘प्रसाद २’को विवाद, मंसिर ७ देखि छायांकन गर्ने सहमति


  • 2.3K
    Shares

    टुंगियो ‘प्रसाद २’को विवाद, मंसिर ७ देखि छायांकन गर्ने सहमति
    images

    फिल्म ‘प्रसाद २’को विवाद टुंगिएको छ । चलचित्र निर्माता संघको मध्यस्थतामा भएको वार्तामा दुईबुँदे सहमति भएको छ ।

    निर्माता सुवास थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति भएको छ ।

    दोस्रो बुँदामा, यदि उक्त समयमा पनि निर्देशकको सेड्युल नमिलेको खण्डमा उपयुक्त समयमा छायांकन गर्ने समझदारी छ । निर्माता संघका अध्यक्ष नवल खड्काले यो सहमतिसँगै ‘प्रसाद २’को विवाद टुंगिएको जानकारी दिए ।

    ‘खासमा उहाँहरुबीच विवाद नै रहनेछ । गलत बुझाइ मात्र पाइयो र नचाहिने भन्दा बढी हल्ला भएको पाएँ । यो विवाद टुंगियो,’ अध्यक्ष खड्काले भने । विपिन आगामी साता बलिउड फिल्म ‘एनिमल’ छायांकनलाई मुम्बई जाँदैछन् । त्यहाँ उनको तालिका २८ दिनको छ । त्यताबाट फर्किएपछि मात्र विपिन ‘प्रसाद २’मा जोडिनेछन् ।

    गत भदौ ९ गते निर्माता थापाले सुटिङको वातावरण मिलाइदिन आग्रह गर्दै निर्माता संघमा उजुरी दिएका थिए ।

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १२:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij