Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सार्वजनिक गरियो साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका

सार्वजनिक गरियो साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका


  • 1.9K
    Shares

    सार्वजनिक गरियो साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका

    बंगलादेशमा आगामी १ देखि ११ नोभेम्बरसम्म सञ्चालन हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। सोमबार साउथ एसियन फुटबल फेडेरेसन (साफ)ले खेलतालिका सार्वजनिक गरेको हो।

    च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले स्पर्धा गर्नेछन्। च्याम्पियनसिप डबल राउन्ड रोविनका आधारमा खेलाइनेछ। हरेक टिमले एकअर्कासँग दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

    नेपालले पहिलो खेल ३ नोभेम्बरमा भुटानसँग खेल्नेछ। बंगलादेशसँग ५ नोभेम्बरमा दोस्रो खेल खेल्नेछ। नेपालले भुटानसँग दोस्रो खेल ९ नोभेम्बर  र बंगलादेशसँग ११ नोभेम्बरमा खेल्नेछ। साफ यू–१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको नेतृत्वमा ३० खेलाडीले तयारी गरिरहेका छन्।

    प्रकाशित मिति :आश्विन २४ २०७९ सोमवार - १४:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij