Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेपालमा ‘प्रेमगीत ३’ले एक सातामा ८ करोड कमायो, ‘वर्ल्डवाइड’ कति ?

नेपालमा ‘प्रेमगीत ३’ले एक सातामा ८ करोड कमायो, ‘वर्ल्डवाइड’ कति ?


  • 2.6K
    Shares

    नेपालमा ‘प्रेमगीत ३’ले एक सातामा ८ करोड  कमायो, ‘वर्ल्डवाइड’ कति ?
    images

    ‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् ।

    उनका अनुसार फिल्मले प्रदर्शनको पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

    फिल्मले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रवार २ करोड ५ लाख, शनिवार २ करोड २२ लाख, आइतवार ९५ लाख ५० हजार, सोमवार १ करोड १५ लाख, मंगलवार ६५ लाख, बुधवार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेको निर्माता एवं निर्देशक सेनले जनाएका छन् ।

    नेपालमा नेपाली र हिन्दी संस्करणले उक्त कमाई गरेको हो । हिन्दी संस्करण भने नेपालमा सोमवारदेखि प्रदर्शनमा आएको हो । सेनका अनुसार भारतमा पहिलो साता फिल्मले ३ करोड ४४ लाख भारु कमाइ गरेको छ । 

    ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको निर्माता सेनले जनाएका छन् ।फिल्मले विश्वभरबाट एक सातामा २३ करोड बढी नेपाली रुपैयाँ कमाई गरेको हो ।

    ‘प्रेमगीत ३’मा प्रदीप खड्का  र क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । फिल्म आज (शुक्रवार)देखि दोस्रो सातामा प्रवेश गरेको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७९ शुक्रवार - १०:४६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij