Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अल्मुताइरीले निकालेका खेलाडीहरु आज मैदान फर्कँदै, बंगलादेशसँग यस्तो छ नेपालको रेकर्ड

अल्मुताइरीले निकालेका खेलाडीहरु आज मैदान फर्कँदै, बंगलादेशसँग यस्तो छ नेपालको रेकर्ड


  • 2.1K
    Shares

    अल्मुताइरीले निकालेका खेलाडीहरु आज मैदान फर्कँदै, बंगलादेशसँग यस्तो छ नेपालको रेकर्ड

     मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा मंगलबार नेपालले बंगलादेशसँग खेल्दै छ। दशरथ रंगशालामा साँझ हुने खेलमा पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द शिविरबाट निकालेका खेलाडीहरु मैदानमा फर्कँदैछन्।

    आपसी विवादमा अल्मुताइरीले एसिया कप छनोटको बन्द प्रशिक्षणबाट १० जना खेलाडीलाई निकालेका थिए। अल्मुताइरीले आफ्नो कार्यकालभर उनीहरुलाई टोलीमा नराख्ने धम्की दिएको खेलाडीको गुनासो थियो।

    अल्मुताइरीसँग असन्तुष्ट खेलाडीको पक्षमा बोलेको भन्दै नियमित कप्तान किरणकुमार चेम्जोङलाई पनि एसिया कप छनोटका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको थिएन। छानबिन समितिले माफी माग्न लगाएर खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउन सुझाव दिएको थियो भने प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न पनि भनिएको थियो।

    एसिया कप छनोटपछि नेपाल नफर्किएका अल्मुताइरीको स्थानमा प्रदिप हुमागाईलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिएर नेपालले बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्दै छ। कार्यबहाक प्रशिक्षक हुमागाईले अल्मुताइरीले निकालेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। अन्जन विष्ट, विमल घर्तिमगर,सुजल श्रेष्ठ, विशाल राईलगायत असन्तुष्ट प्राय सबै खेलाडीले अहिले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

    बंगलादेशसँग चार खेलयता अपराजित, तर नेपाल खराब लयमा

    अन्तर्राष्ट्रिय फुटबलमा नेपालले बंगलादेशसँग चार खेलयता हार ब्यहोरेको छैन। अन्तिमपटक सन् २०२० मा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशले नेपाललाई २–० गोलले हराएको थियो।

    त्यसयता यी दुई टोलीबीच भएका चार खेलमा तीन खेल बराबरी भएका छन् भने एक खेल नेपालले जितेको छ। गत चैतमा बंगलादेशलाई २–१ गोलले हराएको थियो। एक वर्षअघि भएको साफ च्याम्पियनसिपमा भने यी दुई टोलीबीच १–१ गोलको बराबरी भएको थियो।

    नेपाल यतिबेला खराब लयमा देखिन्छ। नेपालले ५ खेलयता लगातार हार ब्यहोरेको छ। गत फेब्रुअरीमा दशरथ रंगशालामा मौरिससलाई हराएयता नेपालले सबै खेलमा हार ब्यहोरेको छ। यी खेलमा एक गोल मात्र नेपालले फर्काएको थियो भने १७ गोल ब्यहोरेको थियो।

    यता बंगलादेशले भने लगातार सात खेलको जितविहिन यात्रा एक साता अघि कम्बोडियालाई १–० गोलले हराएर तोडेको थियो। कम्बोडियालाई पराजित गर्नुअघि बंगलादेशले पाँच हार र दुई बराबरीको नतिजा निकालेको थियो। बंगलादेशले अन्तिम जितका रुपमा ११ महिनाअघि मालदिभ्सलाई १–० गोलले हराएको थियो।

    प्रकाशित मिति :आश्विन ११ २०७९ मंगलवार - ०७:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij