Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रिय महिला लिग, त्रिभुवन आर्मी क्लबले निकाल्यो दोस्रो जित

राष्ट्रिय महिला लिग, त्रिभुवन आर्मी क्लबले निकाल्यो दोस्रो जित


  • 7.8K
    Shares

    राष्ट्रिय महिला लिग, त्रिभुवन आर्मी क्लबले निकाल्यो दोस्रो जित

    काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

    आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गरिन् । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।

    जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

     

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १७:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij