Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अक्टोबर १ देखि लागू हुनेगरी परिवर्तन भयो अन्तर्राष्ट्रिय क्रिकेटका नियमहरु (नयाँ नियमसहित)

अक्टोबर १ देखि लागू हुनेगरी परिवर्तन भयो अन्तर्राष्ट्रिय क्रिकेटका नियमहरु (नयाँ नियमसहित)


  • 2.4K
    Shares

    अक्टोबर १ देखि लागू हुनेगरी परिवर्तन भयो अन्तर्राष्ट्रिय क्रिकेटका नियमहरु (नयाँ नियमसहित)

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटका नियममा थुप्रै परिवर्तन गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले २०२२ अक्टोबर १ तारिखबाट लागू हुनेगरी नियम परिवर्तन गरेको हो ।

    • कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्स्म्यान अब सीधै  स्ट्राइकमा पुग्नेछ । त्यतिबेलासम्म दौडिएर रन लिइसकेको भए पनि पुरानो ब्याट्स्म्यानले स्ट्राइक पाउनेछैन । 
    • बल चम्काउन थुक लगाउने कार्यमा स्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । कोरोना महामारीका कारण यस्तो गर्न अस्थायी रूपमा रोक लागेको थियो । अब यो नियम सधैंका लागि बनाइएको छ ।
    • टेस्ट र वनडेमा ब्याटिङ गर्न आउने खेलाडी दुई मिनेटभित्र स्ट्राइकका लागि तयार भइसक्नुपर्नेछ । टी-२० मा भने पहिलेदेखि रहेको डेढ मिनेटको समय यथावत् राखिएको छ ।
    • ब्याट्स्म्यान पिचभन्दा भित्र हुनु जरुरी हुनेछ । यदि ब्याट पिचभन्दा बाहिर भएमा अम्पायरले ‘डेड बल’ घोषित गर्नेछ । ब्याट्स्म्यान पिचभन्दा बाहिर जान बाध्य हुने अवस्था देखिए ‘नो बल’ हुनेछ ।
    • बलरले बलिङ गर्दा दौडन थालेपछि कुनै पनि खालको अनुचित व्यवहार गरेमा अम्पायरले ‘डेड बल’ घोषणा गरेर ब्याटिङ गरिरहेको टिमलाई पाँच रन दिन सक्नेछ । 
    • अहिलेको नियम अनुसार नन स्ट्राइकरलाई रन आउट गर्न सकिन्छ तर यसलाई ‘रन आउट फ्रम अनफ़ेयर प्ले’ भनिन्छ तर अबदेखि यसलाई पनि रनआउट नै भनिनेछ ।
    • अहिलेसम्म बल फाल्नुभन्दा पहिले ब्याट्स्म्यान क्रिजबाट बाहिर गएमा रन आउट गर्न सक्ने भए पनि अब रोक लागेको छ । अब यस्तो गरे ‘डेड बल’ मानिनेछ ।

    यसबाहेक फिल्डिङमा पनि केही परिवर्तन भएको छ । फिल्डिङ गरिरहेको टिमले निर्धारित समयमा आफ्नो ओभर नगरेमा बाँकी बचेको समयमा एक अतिरिक्त फिल्डरलाई घेराभित्र राख्नुपर्ने नियम लागु हुनेछ । यो नियम टी-२० विश्वकपमा लागू हुने घोषणा भइसकेको छ । तर, अब सन २०२३ पछि सबै एकदिवसीय खेलमा पनि लागू हुनेछ ।

    प्रकाशित मिति :आश्विन ४ २०७९ मंगलवार - १५:०८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij