Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप: उपाधि जिते खेलाडीले कति पाउँछन् पुरस्कार ?

साफ महिला च्याम्पियनसिप: उपाधि जिते खेलाडीले कति पाउँछन् पुरस्कार ?


  • 2.4K
    Shares

    साफ महिला च्याम्पियनसिप: उपाधि जिते खेलाडीले कति पाउँछन् पुरस्कार ?

    साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।

    अघिल्ला पाँचमध्ये चार संस्करणको फाइनलमा पराजित भएको नेपाल दोस्रोपल्ट घरेलु भूमिमा आयोजित प्रतियोगितामा उपाधिको मुख्य दावेदार टिम हो । सेमिफाइनलमा भारतलाई पराजित गरी उच्च मनोवलमा देखिएको नेपाल टिम उपाधि घरमै राख्ने लक्ष्यमा छ ।

    साफ महिला च्याम्पियनसिपको उपाधि जितेमा नेपाली टोलीका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको पुरस्कार कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि पुरस्कारको प्रष्ट व्यवस्था छ।

    मन्त्रिपरिषदबाट पारित भएर कार्यान्वयनको चरणमा रहेको यो कार्यविधिअनुसार नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए ।

    नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण/उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । पुरस्कार कार्यविधि राजपत्रमा प्रकाशित हुन बाँकी रहेकाले वितरणमा कठिनाई आएमा सरकारले यही कार्यविधिमा आधारित रहेर विशेष निर्णय गर्ने सचिव डा. रेग्मीले बताए ।

    यदि नेपाली टिमले फाइनलमा जित हासिल गर्न नसकेमा उपविजेता वा रजत विजेताका रुपमा टिमका खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रमुख प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यस्तै अखिल नेपाल फुटबल संघले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

    यसअघिको पुरस्कार कार्यविधिलाई सुधार गरी सम्भावित सबै अन्तर्राष्ट्रिय प्रतियोगिता समेटेर खेलकुद मन्त्रालयले कार्यविधि निर्धारण गरेको हो । खेलकुद ऐनको नियमावलीमै समावेश गरेर पुरस्कारको व्यवस्था गरिएको छ ।

    पुरानो कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र क्रिकेटका केहि प्रतियोगितामात्र समावेश गरिएको थियो । त्यसैले अन्य प्रतियोगितामा पदक विजेता टिम तथा खेलाडीलाई मन्त्रिपरिषदबाट विषेश निर्णय गरी पुरस्कार दिने गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन ३ २०७९ सोमवार - १४:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij