Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप: उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिप: उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै


  • 2.6K
    Shares

    साफ महिला च्याम्पियनसिप: उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

     काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शूरु हुनेछ ।

    आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने दाबी गरेका थिए । यसअघिपनि फाइनल खेलेपनि दुवै टोलीले उपाधि जीत्न सकेका छैनन् । यसअघिका पाँचै संस्करण जितेको भारत सेमिफाइनलबाटै घर फर्किएसँगै साफले नयाँ च्याम्पियन पाउने पक्का छ ।

    नेपाल घरेलु दर्शकमाझ पहिलोपटक साफको उपाधि जित्ने लक्ष्यमा रहेको छ । यसअघि चारपटक फाइनल खेलपनि भारतसँग पराजीत हुँदै उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल यसपटक कुनै गल्ती गर्न चाहन्न ।

    नेपाल आज घरेलु मैदानमा महिला फूटबलको ३६ वर्षीय इतिहासमा पहिलो उपाधि उचाल्न चाहन्छ । यसअघि विराटनगरमा भएको पाँचौ संस्करणमापनि नेपाल भारतसँग फाइनलमा पराजित हुँदै उपाधिबाट टाढा बनेको थियो । त्यसैले नेपाल साफको फाइनलमा यसअघि भोगेका तिता हारलाई बिर्सिंदै पहिलोपटक उपाधि उचाल्न चाहन्छ ।

     

    प्रकाशित मिति :आश्विन ३ २०७९ सोमवार - १०:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij