Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट


  • 2.3K
    Shares

    नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य ५०० र १ हजार रुपैयाँ तय गरेको छ ।

    नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकिएको एन्फाले जनाएको छ।

    मैत्रीपूर्ण खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले ४० खेलाडीलाई डाकेर प्रशिक्षण गराईरहेका छन् । मैत्रीपूर्ण खेलका लागि एन्फाले एन्फा उपाध्यक्ष विराटकृष्ण शाहीलाई संयोजक तोकेको छ।

    खेल सञ्चालनका लागि ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ । नेपालले गत जुनमा कुवेतमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाली पुरुष फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।

    नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएकोमा नेपालले ७ र बंगलादेशले १३ खेल जितेका छन् र ३ खेल भने बराबरी भएको छ ।

    नेपाल र बंगलादेशबीच पछिल्लो पटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको भेट १-१ को बराबरीमा सकिएको थियो । ११ गतेको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टिम ७ असोजमा नेपाल आईपुग्ने एन्फाले जनाएको छ।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १४:३०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij