Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘प्रकाश’ले एकसातामा कति कमायो ?

‘प्रकाश’ले एकसातामा कति कमायो ?


  • 2.6K
    Shares

    ‘प्रकाश’ले एकसातामा कति कमायो ?
    images

    गत शुक्रबारदेखि प्रदर्शनमा आएको प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ले एकसातामा १ करोड ७० लाखको ब्यापार गरेको छ । वितरक रोहित कट्टेलका अनुसार फिल्मले बिहीबारसम्म नेपालभरबाट १ करोड ७० लाख ग्रस कलेक्सन गरेको हो । 

    फिल्मको यो व्यापारले आफूहरू उत्साहित रहेको उनले बताए । प्रदर्शनको पहिलो दिन अपेक्षित दर्शक पाउन नसकेको ‘प्रकाश’ हेर्न शनिवारदेखि भने हलमा दर्शकको उपस्थिति बढेको थियो । दर्शक, फिल्मकर्मी एवं राजनीतिज्ञले फिल्मको प्रशंसा गरेका छन् । 

    फिल्मको समीक्षा सबैबाट राम्रो आउन थालेसँगै हलमा दर्शकहरू बढेका हुन् । प्रदर्शनको एक सातामा पनि फिल्म हेर्ने दर्शकहरू उल्लेख्य छन् । शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । तर, यी फिल्मभन्दा दोस्रो सातामा प्रवेश गरेको ‘प्रकाश’ कै शो बढी छ । 

    ‘प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थिति ठीकठाक मात्र थियो । शनिवारदेखि दर्शकहरू बढ्नुभएको हो । आज पनि रिलिज फिल्मको भन्दा दर्शकको उपस्थिति प्रकाशमा बढी देखिएको छ’ वितरक कट्टेलले भने, ‘अधिकांश दर्शकले फिल्म रुचाउनुभएको छ । माउथ पब्लिसिटीका राम्रो भएकै कारण दर्शकहरू बढ्दै जानुभएको हो ।’ 

    रिलिजको दिन हलमा दर्शक नभइरहेको अवस्थामा ‘प्रकाश’ हेर्न दोस्रो सातामा पनि उत्साहजनक उपस्थिति देखिनु आफैँमा खुशीको कुरा भएको उनले बताए । 

    विकास सुवेदीको लेखन एवं दिनेश राउतको निर्देशन रहेको ‘प्रकाश’मा प्रदीपसँगै दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । सरकारी शिक्षक बन्न संघर्ष गरिरहेको जुम्लाको एक युवाको कथा फिल्मले पेश गरेको छ । त्यसभित्र सशस्त्र जनयुद्धदेखि वर्ग विशेदको कथासमेत देखाइएको छ ।

     

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - १५:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij