Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

‍नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ७६ करोडको सेयर कारोबार

‍नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ७६ करोडको सेयर कारोबार


  • 3.5K
    Shares

    ‍नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ७६ करोडको सेयर कारोबार
    images

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ ।। यस दिन नेप्से ०.९२ प्रतिशतले घटेर २०३७.९२ बिन्दुमा पुगेर बन्द भएको छ। बिहीबार कारोबारमा आएका २२३ वटा धितोपत्र तथा ऋणपत्रको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। 

    बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो। बिहीबार हिमालयन हाइड्रोपावर सेयर मूल्य सर्वाधिक बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३३ रुपैयाँ ६० पैसा कायम भएको छ।

    दोस्रोमा अपर हेवाखोला हाइड्रोपावको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता १४३ रुपैयाँ २० पैसा कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनिलिभर नेपाल र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्। 

    यसैबीच, नेप्सेले उसको आधिकारीक वेबसाइटबाट विभिन्न कोड प्रयोग गरेर तथ्यांक तान्ने प्रयास भइरहेको भन्दै यस बिरुद्ध कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी दिएको छ।

    प्रकाशित मिति :श्रावण २६ २०७९ बिहिवार - १४:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij