२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय रुपैयाँले बढेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij