Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एनएलजी इन्स्योरेन्सले घोषणा गर्‍यो ७.३६ प्रतिशत लाभांश

एनएलजी इन्स्योरेन्सले घोषणा गर्‍यो ७.३६ प्रतिशत लाभांश


  • 1.0K
    Shares

    • images
    एनएलजी इन्स्योरेन्सले घोषणा गर्‍यो ७.३६ प्रतिशत लाभांश

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्। यी दुवै लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।

    यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १०:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij