२०८२ फाल्गुण २२ गते शुक्रवार
अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कायक्रम छ। नेपालस्थित अमेरिकी दूतावाले मन्त्री लु अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्नेछन्।
नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले सो अवार्ड पाउँदैछ। मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ।
दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ। दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।
यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij