२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुले शपथ लिएकी छिन्। यससँगै उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन्।
भारतका प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। जुलाइ २१ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुर्मु विजयी भएकी थिइन्। उनले खसेको समग्र मतमध्ये ६४ प्रतिशत मत पाएकी थिइन्।
शपथ ग्रहणपछि सामाजिक सञ्जाल ट्वीटरमर्फत मुर्मुले आफ्नो जितले गरीबहरुले ठूलो सपना देख्न मात्र होइन, त्यसलाई पूरा पनि गर्न सक्छन् भन्ने प्रमाण दिएको उल्लेख गरेकी छिन्।
द्रौपदी मुर्मु झारखण्डको पहिलो महिला र आदिवासी राज्यपाल थिइन्। उनी ओडिशाको मन्त्रीसमेत बनेकी थिइन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij