Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एन्फाको बैठक स्थगित

एन्फाको बैठक स्थगित


  • 2.5K
    Shares

    एन्फाको बैठक स्थगित

    पंकज नेम्वाङको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति आएयताको दोस्रो कार्यसमिति बैठक बिहीबार एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको छ । सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा बसेको बैठक ढिलो सुरु भएको थियो र त्यसको केही समयमै स्थगित भएको थियो ।

    एन्फाको यस बैठकका लागि १८ एजेन्डा तय गरिएको थियो । पूर्व सूचना र एजेन्डासहित एन्फा कार्यसमितिको बैठक बसेको यो पहिलो पल्ट हो, तर यो पनि स्थगित भएको छ । यस अगाडि विना एजेन्डा बसेको पहिलो बैठकले गरेका केही निर्णय विवादमा परेपछि नेतृत्वको चर्को आलोचना सुरु भएको थियो ।

    यसअगाडि अध्यक्ष नेम्वाङ बिरामी परेपछि पूर्व निर्धारित कार्यक्रम अनुसार यही बैठक पछाडि सारिएको थियो । बैठकमा सहभागी एक सदस्यका अनुसार पहिलो बैठकका निर्णय सच्चाउन माग उठेपछि बैठक स्थगित भएको हो । अध्यक्ष नेम्वाङले त्यस स्थितिमा बैठक स्थगित भएको बताएर हिँडेका हुन् ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - ११:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij