Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

श्रीलंकामा चार मन्त्रीको राजीनामा, राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला

श्रीलंकामा चार मन्त्रीको राजीनामा, राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला


  • 2.5K
    Shares

    श्रीलंकामा चार मन्त्रीको राजीनामा, राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला
    images

    आर्थिक मन्दीको सामना गरिएको श्रीलंकाले केही महिनादेखि सबैको ध्यान तानिरहेको छ । गहिरो आर्थिक संकटले खाद्यान्न, औषधि र इन्धनको आयातको लागि रकम तिर्न संघर्ष गरिरहेका श्रीलंकाली जनता अति भएपछि अन्ततः सडकमा ओर्लेका हुन् । 

    शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेले संसद्का सभामुखलाई आफूले अर्को साता राजीनामा दिने बताएका थिए । तर, जनताको आक्रोश यतिकैमा थामिएन । हिजो शनिबार एकाएक प्रदर्शनकारीहरूले राष्ट्रपतिको भवन कब्जा गरे भने प्रधानमन्त्रीको निजी निवासमा आगलागी गरेपछि श्रीलंकाको अवस्था सरकारविहीन जस्तै देखिएको छ । 

    हालसम्म रनिल विक्रमासिङ्घेको सरकारका चौथो मन्त्रीले राजीनामा दिएका छन् । लगानी प्रवद्र्धनमन्त्री धम्मीका पेरेराले आज पद त्यागेका हुन् । पछिल्ला दुई दिनमा हरिन फर्नान्डो, मानुषा नानायकारा र बन्दुला गुणवर्देनासहित चार मन्त्रीले  राजीनामा दिइसकेका छन् ।

    श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौँ रुपैयाँ फेला पारेका छन् । सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ ।

    जुन भिडियो श्रीलङ्काको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलङ्काली सञ्चार माध्यमले गरेका छन् । श्रीलङ्काली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको छ ।

    देश आर्थिक सङ्कटमा परेपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाएका थिए ।

    प्रकाशित मिति :आषाढ २६ २०७९ आइतवार - १६:१२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij