Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

बागमती प्रदेश सरकारद्वारा नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय

बागमती प्रदेश सरकारद्वारा नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय


  • 5.1K
    Shares

    बागमती प्रदेश सरकारद्वारा नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय
    images

    बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

    विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दर्ता भएका सहकारी संस्थाको दर्ता प्रक्रियाका सम्बन्धमा रहेका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता रोकिएको जनाइएको छ ।

    मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलका अनुसार प्रदेशको नियमकानुन परिमार्जन तथा थप कार्यविधिहरु तर्जुमा गरि व्यवस्थित गनुपर्ने भएकाले सो अवधिसम्मका लागि नयाँ संस्था दर्ता गर्ने कार्य स्थगित गरिएको हो ।

    सूचना अनुसार हाल लाइ बचत ऋण र बहुद्देश्यीय सहकारी दर्ता दिइने छैन, तर आवश्यकताका आधारमा बचत ऋणको मुख्य कारोबार नगर्ने गरी अन्य विषयगत सहकारी संस्था भने दर्ता हुने बताइएको छ । विगतमा स्थानीय तहको शिफारिष सहित सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा बचतऋण, बहुउद्देश्यीय र सबै प्रकृतिका संस्था दर्ता हुँदै आएका थिए ।

    विगतमा दर्ता भएका सहकारीहरुले उद्देश्य अनुरुप र कार्यक्षेत्र भित्र रही काम गरे नगरेको समेत मन्त्रालयले अनुगमन गर्ने भएको छ । संस्थाहरुलाई उद्देश्य अनुसार काम गर्नका लागि ६ महिनाको समयसीमा दिने र त्यसपछि सो अनुरुप भएनभएको निक्र्यौल गर्न अनुगमन समेत गरिनेछ ।

    त्यस अवधिमा संस्थाहरुले उद्देश्यअनुरुप काम नगर्ने संस्थाको विषय परिवर्तन र लिएको कार्यक्षेत्रभित्र सदस्य विस्तार गर्न नसके कार्यक्षेत्र संकुचन गर्ने भएको छ । यस अघि बागमती प्रदेशले ३२९ सहकारी संस्था दर्ता गरिसकेको छ ।

    Bagmati Province New Coop Pause.jpg

    प्रकाशित मिति :आषाढ १० २०७९ शुक्रवार - ०७:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij