Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत


  • 3.1K
    Shares

    नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल नफर्किने संकेत देखाएका छन् । 

    सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका हुन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् । 

    हालै कुवेतमा एएफसी एसिया कप छनोट खेलेपछि अल्मुताइरी गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए । 

    नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए । 

    तर उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

    एसिया कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टीमा छन् । एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्माछिरिङ शेर्पा पराजित भएका थिए ।

    एन्फा कार्यसमितिमा पनि नेम्वाङ बहुमतमा छन् । थप राम्रो नतिजा ल्याउन नसक्नुमा अल्मुताइरीले नेम्वाङलाई दोष दिएका थिए । त्यस्तै उनले आफूलाई नेम्वाङले समय समयमा दबाबसमेत दिँदै आएको बताएका थिए ।

    तर एन्फाका वरिष्ठ उपाध्यक्षमाथि एउटा प्रशिक्षकले आरोप लगाउँदा पनि तत्कालीन नेतृत्व चुप लागेर बसेको थियो । उल्टै छाडेर गएका प्रशिक्षकलाई फर्काएर ल्याउने काम भएको थियो । 

    प्रकाशित मिति :आषाढ ७ २०७९ मंगलवार - ११:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij