२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग (जेसीसी) को सातौं बैठक आज बस्ने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशबीचको पहिलो भौतिक जेसीसी बैठक नयाँ दिल्लीमा बस्ने भएको हो । बैठकमा विदेशमन्त्री एस जयशंकरले आफ्ना बङ्गलादेशी समकक्षी एके अब्दुल मोमेनसँग बैठकको सह–अध्यक्षता गर्नेछन्।
जेसीसी कोभिड–१९ को सन्दर्भमा सहयोग, सीमा व्यवस्थापन, सुरक्षा, व्यापार र लगानी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, विकास साझेदारी, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरू सहित द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने एजेन्डा तय भएको विदेश मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारी फैलिएपछि यो बैठक पहिलोपटक भौतिक उपस्थितिमा हुँदैछ । अघिल्लो बैठक भर्चुअल रूपमा सन् २०२० मा भएको थियो। दुई देशहरू द्विपक्षीय सम्बन्धलाई बढावा दिन सहयोग परियोजनाहरूमा सञ्चालित छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij