Logo

२०७९ आषाढ १३ गते सोमवार

images

ओमानविरुद्ध नेपालको सहज जित

ओमानविरुद्ध नेपालको सहज जित

खबर सेन्टर

१ आषाढ २०७९
  • 456
    SHARES
  • images
    ओमानविरुद्ध नेपालको सहज जित
    images

    काठमाडौं । करण केसीले पाँच विकेट लिनुका साथै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ७ विकेटले हराएको छ । 

    करणले ३३ रन दिएर पाँच विकेट लिएपछि टेक्ससको ह्युस्टनस्थित मूसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि नेपालले १६४ रनको लक्ष्य ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । 

    यससँगै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने ओमान लक्ष्य पूरा हुन सकेन । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १५ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । २३ खेलबाट २१ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

    १६४ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि बनेको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल र आसिफकै नाममा ६६ रनको कीर्तिमान थियो । 

    साथै, यो नेपालकै दोस्रो ठुलो साझेदारी पनि हो । एकदिवसीय अन्तर्राष्ट्रियमा देब खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि बनाएको १२९ रनको साझेदारी नै सबैभन्दा ठुलो हो । देब र दीपेन्द्रसिंहले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध उक्त साझेदारी गरेका थिए ।

    कुशलले ७५ बलमा ५ चौकासहित ५६ रन बनाए । आसिफले ८६ बलमा ७ चौका र एक छक्कासहित ६२ रन बनाएका थिए । देब खानलले १० रन बनाउँदा रोहितकुमार पौडेलले अविजित २६ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । 

    ओमानका फयाज बटले दुई विकेट लिए भने खवार अलीले एक विकेट लिए । 

    त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान एक समय ४९÷५ को स्थितिमा थियो । तर, कप्तान जीशन मक्सुद र सन्दीप गौडले सम्हालिएर खेलेपछि ओमान १६३ रनको सम्माजनक स्कोर बनाउन सफल भएको हो । मक्सुद र गौडले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरे । दुईको साझेदारीलाई दीपेन्द्रसिंह ऐरीले तोडेका थिए । 

    दीपेन्द्रसिंहले मक्सुदलाई एलबीडब्यू आउट गरेका हुन् । १०० बलमा ३ चौकासहित ५२ रन बनाएका मक्सुद पवेलियन फर्किदा ओमान १३२÷६ को स्थितिमा थियो । लत्तगै गौडलाइ पनि करण केसीले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गरे । गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । ओमानका लागि ओपनर जतिन्दर सिंहले २३ रन जोडेका थिए । नसीम खुशीले १० रन बनाउँदा फयज बटले अविजित १३ रन बनाए । 

    नेपालका करण केसीले ९ ओभरमा ३३ रन दिएर ५ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो दोस्रो पाँच विकेट हो । करण नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक पाँच विकेट लिने दोस्रो खेलाडी बनेका छन् । करणले यसअघि अमेरिका भ्रमणमा ओमानविरुद्ध नै पाँच विकेट लिएका थिए । उक्त खेलमा नेपाल १३ रनले पराजित भएको थियो । 

    यसअघि सन्दीप लामिछानेले दुई पटक पाँच विकेट लिएका छन् । करण र सन्दीपबाहेक सोमपाल कामीले पनि एक पटक पाँच विकेट लिएका छन् । कप्तान सन्दीपले आज ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक एक विकेट लिए । 
     

     

    images
    प्रकाशित मिति :आषाढ १ २०७९ बुधवार - ११:४४:३१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार