२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय शृङखलाको तेस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।
अमेरिकामा जारी शृङखलामा ओमानले नेपालसँग खेल्दै लिग–२मा आफ्नो ३६ वटै खेल सक्ने पहिलो टीम बन्नेछ । शिर्ष स्थानको ओमान नेपालसँग जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । यस्तै, शृङखलामा जितबिहिन रहेको नेपाल पनि आफ्नो पहिलो जित दर्ता गर्दै तालिकामा दुई अंक जोड्न चाहान्छ ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ । शृङखलाको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । घरेलु टीम अमेरिका सँगको दोस्रो खेल भने नाटकीय रुपमा टाई भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij