२०८२ भाद्र २ गते सोमवार
नेपाली राष्ट्रिय क्रिकेट टिमले मैत्रीपूर्ण क्रिकेट खेलका लागि अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक वृतान्त खनाल र रोयल हेरिटेस रियल स्टेट (अष्ट्रेलिया)का निर्देशक स्वतन्त्र प्रताप शाहबीच मैत्रीपूर्ण क्रिकेटका लागि सम्झौता भएको हो ।
नेपाली टोलीले अष्ट्रेलियामा रहेका विदेशी खेलाडी तथा क्लबसँग मैत्रीपूर्ण खेल हुने भए पनि मिति र स्थानबारे टुंगो नलागेको शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij