२०८२ भाद्र २ गते सोमवार
एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बलियो जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे हुनेछ ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । सिनियर ११ खेलाडीविना कुवेत पुगेको नेपाललाई जोर्डनविरुद्धको खेल युवा टोलीको परिक्षा हुनेछ । नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपपछि उनीहरु क्याम्प छाड्न बाध्य बनेको थियो ।
टोलीको प्रशिक्षण सुरु भएको दिन नै सञ्चारकर्मीसँग टोली एसियन कपमा छनोट नहुने बताइसकेका प्रशिक्षक अलमुताइरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिलेको टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको बताए ।
किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए । ‘पक्कैपनि जोर्डन हाम्रो लागि बलियो प्रतिद्धन्द्धी हो । हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ ।’ कप्तान नवयुगले भने । कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिन विशेषतयारीसँगै तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।
छनोटको समूह ’ए’ मा रहेको नेपालले जेठ २८ मा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij